close

मेलौली नगरपालिका कोरोना नियन्त्रणमा सक्रिय (भिडियो खबर)

मेलौली नगरपालिका कोरोना नियन्त्रणमा सक्रिय (भिडियो खबर)

ADVERTISEMENT

बैतडी- नेपालमा दोस्रो पटक देखा परेकोे कोरोनाको भेरियन्टको संक्रमण केही जिल्लामा मात्रै घटेको छ । अझै पनि केही जिल्ला यसको चपेटामा परिरहेका छन् । दोस्रो भेरियन्ट देखा परेको दुई महिना बितिसक्दा समेत रोकथाम हुन सकेको छैन । गत वर्ष समुदायस्तरमा कम मात्रामा फैलिएको कोरोना यस वर्ष समूदाय स्तरमा कब्जा नै जमाएर बसेको छ ।

 

जसको मारमा समुदाय भित्रका नागरिक परेका छन् । स्थानीय सरकारले कोरोना रोकथामसँगै सामाजिक उत्तरदायित्वलाई समेत ध्यानमा राखेर परीक्षण, कोभिड अस्पताल, आइसोलेसन सेन्टर देखि राहतका प्याकेज ल्याएका छन् । बैतडीका पालिकाबाट भइरहेको कामले महामारी नियन्त्रणमा आउने अपेक्षा गरिएको छ । 

 

अहिले बैतडीका सबै स्थानीय तह कोरोना महामारी नियन्त्रणमा लागेका छन् । कोरोना फैलन सुरु भएदेखि यसको व्यवस्थापनमा खटिएको जिल्लाको मेलौली नगरपालिकाले  कोभिड अस्थायी अस्पताल बनेको छ । वडावडामा आइसोलेसन बनाइएको छ । संक्रमितलाई होम आइसोलेसनमा राख्नेदेखि घरमा बस्न समस्या हुनेलाई संस्थागत आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको छ । 

 

नगरपालिकाले जटिल लक्षणका संक्रमितका लागि चिकित्सकीय सेवा दिने गरेकाे छ । अहिले पालिकाले गरिरहेको प्रयासले कोरोनाको संक्रमण दर भने घट्ने देखिन्छ । संक्रमितलाई उपचारका लागि अस्पतालमा लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था पनि गरिएको छ । 


कोरोनाका कारण नगरपालिकामा केही व्यक्तिले ज्यान समेत गुमाएका छन् । हालसम्म बैतडी जिल्ला भरीमा १७ जनाको मृत्यु भएको छ । यो गाउँपालिकाबाट पनि २ जनाले ज्यान गुमाएका छन् । कोरोना नियन्त्रणका लागि जनप्रतिनिधि कर्मचारी र स्वास्थ्यकर्मी खटिएका छन् । 


महामारी सबैभन्दा महत्वपूर्ण भूमिका नै स्थानीय सरकारले निर्वाह गरिरहेकाले महामारी घट्दो क्रममा छ । संस्थागत आइसोलेसन बनाउने देखि महामारी नियन्त्रणका लागि अपनाइएका अनेक हत्कण्डा सही सावित भइरहेका छन् । संक्रमण न्यूनिकरण भए-नभएको यकिन गर्न पीसीआर परीक्षणको दायरा भने बढाउनुपर्छ । संक्रमितले आइसोलेसनमा नै बसेर संक्रमण जित्न सक्छ भन्ने मनोबल बढाउन पनि पालिकालाई चुनौती छ । नागरिकले पनि महामारी पूर्ण रूपमा साम्य नभइसकेकाले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न भने छोड्नु हुँदैन ।