close

मृत्यु भएका जनप्रतिनिधि तथा कर्मचारीको विवरण पठाउन ताकेता

मृत्यु भएका जनप्रतिनिधि तथा कर्मचारीको विवरण पठाउन ताकेता

Trulli
ADVERTISEMENT

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मृत्यु भएका जनप्रतिनिधि तथा कर्मचारीको विवरण विपद् व्यवस्थापन सूचना प्रणाली (सिएमएसआई) मा प्रविष्ट गर्न देशभरका जिल्ला समन्वय समितिमार्फत स्थानीय तहलाई परिपत्र गरेको छ ।


७७ वटै जिल्ला समन्वय अधिकारीलाई परिपत्र गर्दै मन्त्रालयले यसअघि पटक-पटक ताकेता गर्दा पनि कतिपय स्थानीय तहले अहिलेसम्म पूर्ण विवरण भरेको नपाइएकाले ३ दिनभित्र यस्तो विवरण अद्यावधिक गर्न भनेको हो ।

 

विवरण प्रविष्ट तथा अद्यावधिक गर्दा जनप्रतिनिधि तथा कर्मचारीको नाम, थर, पद र उमेर स्पष्ट खुल्ने गरी पठाउन आग्रह गरिएको छ ।


कर्मचारीको हकमा स्थायी र करार भए सोही बेहोरोको विवरण उल्लेख गर्नसमेत मन्त्रालयले भनेको छ ।