close

चितवनका ७ स्थानीय तहले ल्याए बजेट

चितवनका ७ स्थानीय तहले ल्याए बजेट

Trulli
ADVERTISEMENT

चितवन- १० असारभित्रै बजेट ल्याउनुपर्ने व्यवस्थाअनुसार चितवनका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गरेका छन् । कोभिडबाट प्रभावित अर्थतन्त्रलाई उकास्ने गरी बिहीबार यहाँका स्थानीय तहले ल्याएको बजेटमा स्वास्थ्य, पूर्वाधार, कृषि-पर्यटनलाई प्राथमिकतामा राखेका छन् ।


भरतपुर महानगरपालिका,    रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका,    राप्ती नगरपालिका,    कालिका नगरपालिका,    माडी नगरपालिका र    इच्छाकामना गाउँपालिकाले बजेट सार्वजनिक गरेका हुन् ।


भरतपुर महानगरपालिका 

भरतपुर महानगरले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगर उपप्रमुख पार्वती शाह ठकुरीले नवौँ नगरसभामा पेस गरेको बजेट सर्वसम्मत पारित भएको छ । यो बजेट गत वर्षको भन्दा ६५ करोड रुपैयाँले बढी हो । गत वर्ष महानगरले रु चार अर्ब १५ करोड ६४ लाख ८९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।


बजेटमा आन्तरिक आयतर्फ १ अर्ब २० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड २९ लाख ८३ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट ३० करोड, मर्मतसम्भार कोष, जिल्ला समन्वय समिति र सडक बोर्डबाट ३/३ करोड रुपैयाँ आय हुने अनुमान गरिएको छ ।

 

रत्ननगर नगरपालिका

रत्ननगरले १२ वटा महत्त्वपूर्ण नगर योजनासहित आर्थिक वर्ष २०७८/७९ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नवौँ नगरसभामा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब २६ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । कोरोना खोप खरिददेखि विपन्न किसानलाई अनुदानमा गाई वितरणसम्मका १२ वटा महत्त्वपूर्ण योजना नगरपालिकाले सार्वजनिक गरेको छ ।

 


खैरहनी नगरपालिका

खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ९० करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।  नगरपालिकाको बिहीबार सम्पन्न नवौँ नगरसभामा उपप्रमुख सुनिता थपलियाले आगामी आवका लागि बजेट प्रस्तुत गरेकी थिइन् ।


कुल खर्चमध्ये चालूतर्फ ४४ करोड २७ लाख ४४ हजार र पुँजीगततर्फ ४६ करोड ४५ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।


राप्ती नगरपालिका

राप्ती नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ९२ करोड ९७ लाख ३६ हजार ४२९ रुपैयाँको बजेट ल्याएको छ ।

 


नगरपालिकाको बजेटमा नगर क्षेत्रभित्रका चेपाङ छात्रालाई बाल विवाह रोक्न २० वर्षसम्म अध्ययन गर्नेलाई १५ हजार रुपैयाँ नगद दिने भएको छ । 


यसबाट सानै उमेरमा हुने विवाह रोकिने नगरपालिकाको अपेक्षा छ । महिला प्रमुख भएकाले पनि कार्यक्रम महिला, बालबालिका, पिछडिएको वर्गको हितमा बढी केन्द्रित भएको छ ।


कालिका नगरपालिका

कालिका नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रममार्फत १ अर्ब ७ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।


माडी नगरपालिका

माडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ९० करोड २७ लाख १८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नरपालिकाले चालूमा ३६ करोड ६ लाख ८७ हजार २०० र पुँजीगततर्फ ५४ करोड १० लाख ३० हजार ८०० रुपैयाँ विनियोजन गरेको हो ।


नगरपालिकाको सातौँ नगरसभामा उपप्रमुख ताराकुमारी काजी महतोले पेस गरेको बजेट सर्वसम्मत पारित भएको छ । बजेटले नगरपालिकाको आर्थिक, सामाजिक र पूर्वाधार विकास, वन, वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकास एवं सुशासन क्षेत्रलाई प्राथमिकता दिएको छ ।

 

इच्छाकामना गाउँपालिका

चितवनको इच्छाकामना गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ५६ करोड २१ लाख २४ हजार ९ सय ७ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।


बिहीबार बसेको गाउँपालिकाको नवौँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष कीर्तिकुमार श्रेष्ठले आगामी आर्थिक वर्षका लागि अन्तरिक स्रोततर्फ ४ करोड, राजस्व बाँडफाँट ९ करोड ७२ लाख ७० हजार ९ सय ७, संघीय सरकारबाट अनुदान ३५ करोड ९७ लाख र प्रदेश सरकारबाट अनुदान ४ करोड ५२ लाख ४ हजार र चालु आवको २ करोड रुपैयाँबाट उक्त बजेट विनियोजन गरिएको हो ।


आगामी आर्थिक वर्षका लागि चालू खर्चतर्फ ३९ करोड ४० लाख ९९ हजार ४४ र पुँजीगततर्फ १६ करोड ८० लाख ७५ हजार ८ सय ६३ र ससर्त अनुदानतर्फ २५ करोड ४३ लाख ६९ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ ।