close

हिंसा प्रभावित विपन्न महिलालाई बेलकाको सहयोग

हिंसा प्रभावित विपन्न महिलालाई बेलकाको सहयोग

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले व्यावसायिक रूपमा मिहिनेत र परिश्रम गर्नेलाई नगरपालिकाले सधैँ सहयोग गर्ने बताएका छन् ।


हिंसा प्रभावित विपन्न महिलाको आर्थिक र सामाजिक रूपमा जीविकोपार्जन र स्वरोजगार बनाउने उद्देश्यले सोमबार जनही ५० हजार रुपैयाँका दरले ७ जना महिलालाई नगरप्रमुख थापाले चेक हस्तान्तरण गरे ।


हिंसामा परेका महिलाको जीवनस्तर उकास्न नगरपालिकाले यस किसिमका   कार्यक्रम सञ्चालन गरेको उनले बताए । बेलका नगरपालिका र ओरेक नेपालको संयुक्त आयोजनामा बेलका नगरभित्र रहेका हिंसा प्रभावित अति विपन्न महिलालाई नगद हस्तान्तरण गरिएको हो ।


बेलकाको २ लाख र ओरेक नेपालको १ लाख ५० हजार गरी ३ लाख ५० हजार रुपैयाँ हिंसा प्रभावित महिलालाई वितरण गरिएको हो ।


हिंसापीडित महिलाको व्यावसायिक प्रतिबद्धताअनुसार  छनोट गरेको व्यवसाय बाख्रापालन, बंगुरपालन गरी आर्थिक रूपमा सबल बनाउने उदेश्यले वितरण गरिएको बेलका नगर मनो–सामाजिक कार्यकर्ता जानुका दंगालले बताइन् ।


चेक हस्तान्तरण कार्यक्रममा बेलका नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष मोहन घिमिरे र प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले व्यावसायिक सफलताको शुभकामना दिएका थिए ।