close

धरान उपमहानगरको २ अर्ब ३ करोड ६४ लाखको बजेट पारित 

धरान उपमहानगरको २ अर्ब ३ करोड ६४ लाखको बजेट पारित 

Trulli
ADVERTISEMENT

सुनसरी- धरान उपमहानगरपालिकाको नवौं नगरसभा सम्पन्न भएको छ । नगरसभाले  आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गरेसँगै नगरसभा सम्पन्न गरेको हो ।

 

शनिबार सम्पन्न नगरसभाको तेश्रो बैठकले बजेट तथा विनियोजन विधेयक (व्यय) पारित गरेसँगै आगामी आर्थिक वर्ष २०७८/०८९ को लागि २ अर्ब ३ करोड ६४ लाखको बजेट पारित भएको छ । 

 

बैठकमा  उपमेयर मञ्जु भण्डारीले विनियोजन विधेयक प्रस्तुत गर्नु भएको थियो । शुक्रबार भएको नगरसभाको दोश्रो बैठकले नीति तथा कार्यक्रम र आर्थिक विधेयक (आय) पारित गर्दै आज सम्मका लागि स्थगित गरेको थियो । 

 

नगरसभा बैठकमा अर्थ तथा सार्वजनिक लेखा समितिका संयोजक नरेशकुमार इवारमले प्रतिवेदन प्रस्तुत गरेका थिए । 

 

नगरप्रमुख तिलक राईले प्रस्ताव गरेको बजेट सर्वसम्मत रुपमा पारित भएको हो । नगरसभामा अनिवार्य पोसाक लगाएर आएका सदस्यहरुलाई प्रति व्यक्ति ५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री प्रदान गर्ने प्रतिवद्धता प्रमुख राईले जनाए ।