close

बहुमतले पारित भो बागमती प्रदेशको बजेट

बहुमतले पारित भो बागमती प्रदेशको बजेट

Trulli
ADVERTISEMENT

हेटौंडा- बागमती प्रदेशले आर्थिक वर्ष २०७८/७९ को बजेट बहुमतले पारित गरेको छ । १ असारमा  संसदमा पेस भएको बजेट  सोमबार बसेको संसद बैठकले प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ पारित गरेसँगै बहुमतले पास भएको हो । आइतबार बसेको संसद बैठकले विनियोजन विधेयक २०७८ बहुमतले पारित गरिसकेको छ ।

 

 प्रदेश सरकारले ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ । सरकारले कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ र पुँजीगततर्फ २९ अर्ब ७० करोड ३९ लाख ४ हजार रुपैयाँ विनियोजन गरेको छ । चालूतर्फ ४५ प्रतिशत, पुँजीगततर्फ ५१ प्रतिशत र वित्तिय तर्फ ४ प्रतिशत खर्च हुने अनुमान छ ।

 

सरकारले बजेटको स्रोतमध्ये कर तथा राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजस्वतर्फ ६ अर्ब ८२ करोड १३ लाख, संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानबाट प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविध प्राप्तिबाट १ अर्ब ५ करोड ९ लाख र चालू आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान गरिएको छ ।