close

रूपा गाउँपालिकाको अब आफ्नै एम्बुलेन्स

रूपा गाउँपालिकाको अब आफ्नै एम्बुलेन्स

Trulli
ADVERTISEMENT

पोखरा- कास्कीको रूपा गाउँपालिकाले आफ्नै एम्बुलेन्सबाट जनतालाई सेवा दिने भएको छ । महात्मा गान्धीको १५१औंँ जन्मजयन्तीका अवसरमा नेपालस्थित भारतीय दूतावासले गाउँपालिकालाई एम्बुलेन्स उपहार दिएको हो ।


गाउँपालिकाको आफ्नै एम्बुलेन्स भएपछि स्थानीयलाई पोखरा पुग्नुपर्ने बाध्यता हटेको छ । एम्बुलेन्सको साँचो सांसद खगराज अधिकारीले गाउँपालिका अध्यक्ष नवराज ओझालाई हस्तान्तरण गरेका छन् ।


‘जनतालाई दुःख थियो । कोही बिरामी भए पोखराबाट एम्बुलेन्स झिकाउनुपर्थ्याे ’,  उनले भने, ‘अब गाउँपालिकामै एम्बुलेन्स सुविधा उपलब्ध हुनेछ ।'


हालको कोरोना संक्रमणका बेला गाउँपालिकाले भाडामा लिएर एम्बुलेन्स सेवा निःशुल्क रूपमा चलाइरहेको छ । गाविस अध्यक्षका अनुसार जिल्लाको दररेटमा ५० प्रतिशत छुटसहित बिरामीलाई सेवा दिइनेछ ।


गाउँपालिकाले एक जना विशेषज्ञ डाक्टरसहित पाँच शय्याको अस्पताल निर्माण सुरु गरेको अध्यक्ष ओझाले जानकारी दिए ।