close

इटहरी उपमहानगरले बाँड्यो क्याम्पस तथा विद्यालयलाई स्यानिटरी प्याड डिस्पोजल मेसिन

इटहरी उपमहानगरले बाँड्यो क्याम्पस तथा विद्यालयलाई स्यानिटरी प्याड डिस्पोजल मेसिन

Trulli
ADVERTISEMENT

सुनसरी(इटहरी)- सुनसरीको इटहरी उपमहानगरले २ क्याम्पस र ३ वटा विद्यालयलाई स्यानिटरी प्याड डिस्पोजल मेसिन वितरण गरेको छ ।


जनता क्याम्पस इटहरी, राष्ट्रिय जनसहयोग कलेज इटहरी एवं शारदा मावि खनार, जनता मावि इटहरी र पकली माविका लागि स्यानिटरी प्याड डिस्पोजल गर्ने मेसिन प्रदान गरिएको उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले बताइन् ।


विद्यालय तथा क्याम्पसमा प्रयोग भइसकेका स्यानिटरी प्याड उक्त मेसिनमा हालेपछि मेसिनले जलाएर खरानी बनाई नष्ट गर्छ । प्रयोग भइसकेका प्याड व्यवस्थापनमा समस्या झेल्दै आएका विद्यार्थीलाई उपमहानगरको यो सहयोगले सजिलो भएको विद्यार्थी सुष्मा काफ्लेले बताइन् ।


जथाभावी फाल्दा फोहोर हुने र शौचालयको प्यान नै टालिने तथा कतिपय विद्यार्थीले झोलामै बोक्नुपर्ने समस्या हुने गरेकामा उपमहानगरबाट उक्त मेसिन सहयोग भएपछि सहज भएको जनता क्याम्पसकी प्रमुख गीता अधिकारीले जानकारी दिइन् । उपमहानगरले मेसिनसँगै स्यानिटरी प्याड पनि वितरण गरेको छ ।