close

पारित भयो म्याग्देको बजेट 

पारित भयो म्याग्देको बजेट 

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले चालू आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गरेको छ । शुक्रबार सम्पन्न गाउँसभाले ६६ करोड ९२ लाख ६१ हजार रुपैयाँको बजेट पारित गरेको हो । 


गाउँपालिकाले सबैभन्दा बढी सामाजिक विकास शीर्षकमा ४४.५२ प्रतिशत बजेट छुट्याएको छ । यो शीर्षकमा २७ करोड ७८ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । 


उनका अनुसार ३६.४२ प्रतिशत बजेट पूर्वाधार विकासलाई विनियोजन भएको छ । २२ करोड ७३ लाख ५४ हजार रुपैयाँ पूर्वाधार विकासमा विनियोजन भएको गाउँपालिकाले जनाएको छ । 


आर्थिक विकासमा ३ करोड १६ लाख, वातावरण र विपद् व्यवस्थापनमा ५० लाख र सुशासन तथा संस्थागत विकासमा ८ करोड २४ लाख ४१ हजार रुपैयाँ विनियोजन भएको छ ।  गाउँपालिकाले ७ वटै वडा कार्यालयलाइ पुँजीगततर्फ ७५ र चालूतर्फ २५ प्रतिशत गरी ४ करोड ५० लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको अधिकारीले बताए । 


आम्दानीतर्फ संघीय सरकारको समानीकरण अनुदान १० करोड १६ लाख, ससर्त अनुदान १४ करोड ९० लाख, ससर्त अनुदान पुँजीगत ८६ लाख, राजस्व बाँडफाँटमा ७ करोड १ लाख ४१ हजार, विशेष अनुदान २ करोड २४ लाख र समपुरक अनुदानमा ४ करोड १४ लाख रुपैयाँ प्राप्त भएको छ ।


प्रदेशबाट वित्तीय समानीकरण अनुदान १ करोड १४ लाख ५४ हजार, ससर्त र समपुरक अनुदान ५०/५० लाख, राजस्व बाँडफाँटमा ४५ लाख ७ हजार रुपैयाँ प्राप्त हुने गाउँपालिकाले जनाएको छ । 


आन्तरिक स्रोतबाट ६ करोड ५ लाख ४३ हजार रुपैयाँ आम्दानी हुने गाउँपालिको अनुमान छ । सामाजिक सुरक्षा भत्ता ७ करोड ४१ लाख २९ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ ।


यस्तै, गाउँपालिकाले ६४ जनालाई सम्मानसमेत गरेको छ । कोरोना नियन्त्रणमा खटिएका ११ जना स्वास्थ्यकर्मीसहित उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी, वडा सचिव, प्राविधिक, उपभोक्ता समिति, उत्कृष्ट खेलाडी, शिक्षक, टोल सुधार समिति, प्रहरी, विद्यालय, प्रधानाध्यापक, कलाकारलगायतलाई सम्मान गरिएको हो ।