close

लिफ्टिङ खानेपानी आयोजनामा मालारानीमाद्वारा ५० प्रतिशत विद्युत् महसुल भुक्तानी 

लिफ्टिङ खानेपानी आयोजनामा मालारानीमाद्वारा ५० प्रतिशत विद्युत् महसुल भुक्तानी 

Trulli
ADVERTISEMENT

अर्घाखाँची- अर्घाखाँचीको मालारानी गाउँपालिकाले एक घर एक धारा अभियानलाई सफल बनाउन लिफ्ट खानेपानीद्वारा सञ्चालित आयोजनाको विद्युत् महसुल भुक्तानी दिने गरेको छ ।


लिफ्ट खानेपानी आयोजनाबाट पानी सञ्चालन गर्दा महँगो परे पनि दीर्घकालीन रूपमा सहयोग पुगोस् भनेर उक्त कार्य सुरु गरिएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।


‘करोडाँै लगानी गरेर योजना सम्पन्न भएका छन् । नियमित विद्युत् महसुल तिर्न समस्या नहोस् भनेर पलिकाले ५० प्र्रतिशत अनुदान दिने निर्णय गरेर कार्यान्वयन गरेका हौँ ।’


गाउँपालिकाले पालिकाभित्र एक घर एक धारा अभियानसमेत सञ्चालन गरेको छ । मुहानको स्रोत नभएका अग्ला स्थानमा प्रदेश सरकारसँग म्याचिङ फन्ड रकम जम्मा गरेको खानेपानी आयोजनाका काम अगाडि बढेका छन् ।


आर्थिक वर्ष २०७७/७८ मा ७ वटा योजनाका उपभोक्ताले विद्युत् महसुलबापत उठेको ५० प्रतिशत रकम भुक्तानी लगेको पालिकाका योजना अधिकृत नेत्र खनालले बताए ।


‘गत वर्ष ७ वटा खानेपानी आयोजनाका उपभोक्ता समितिले उठेको रकमको ५० प्रतिशत शुल्क भुक्तानी लगेका छन् । यस वर्षका लागि पनि कार्यक्रम राखेका छौँ,’ उनले भने ।


पालिकाले ५० प्रतिशत रकम दिने भएपछि उपभोक्तालाई सहज भएको मरेङ लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष शालिकराम आचार्यले बताए । ‘विद्युत् महसुल तिर्न समस्या भएको थियो ।

 

उपभोक्तबाट धेरै रकम उठाएर पनि आयोजना सञ्चालन गर्न समस्या थियो । पालिकाले ५० प्रतिशत रकम दिएपछि सहज भएको छ ।’