close

नेपालगञ्जले कन्या कलेज सञ्चालन गर्ने (भिडियो खबर)

नेपालगञ्जले कन्या कलेज सञ्चालन गर्ने (भिडियो खबर)

ADVERTISEMENT

बाँके- नेपालको शैक्षिक क्षेत्रमा महिलालाई शिक्षित गर्न भन्दै २००८ सालमा राणा प्रधानमन्त्री पद्म शम्शेरले पद्मकन्या क्याम्पस स्थापना गरेका थिए । नेपालको पहिलो कन्या कलेज पनि यही हो । तर, अहिले ठूला शहरी क्षेत्रमा कन्या कलेज सञ्चालनमा छन् । जसका कारण धेरै महिलाहरूलाई कलेज गएर पढ्न सक्ने वातावरण  सृजना भएको छ । यही कुरालाई ध्यानमा राख्दै बाँकेको नेपालगञ्ज उपमहानरगरपालिकाले पनि कन्या कलेज स्थापना गरेको छ ।

 

कलेजको अहिले भवन बन्ने काम जारी छ भने मंसिरदेखि कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । लामो समयदेखि तयारी गरिरहेको कन्या कलेज नयाँ शैक्षिक सत्रदेखि सुरु हुने गरि तयारी थालेको हो । नगरले कलेज सञ्चालनका लागि असार १० गते भएको नगरसभाबाट विनियमावली समेत पारित गरिसकेको छ ।

 

पहिलो वर्ष बिएससी सिएसआइटी र विएड कक्षा सञ्चालनका लागि अनुमतिको प्रक्रिया सुरु गर्दै प्रस्तावना तयार पारी सम्बन्धनका लागि केही दिनमै औपचारिक प्रस्ताव विश्वविद्यालयमा पेश गरिने नगरले जानकारी दिएको छ । नेपालगन्जमा रहेका मधेसी र मुस्लिम समुदायका छात्राका लागि मुख्य लक्षित गरी उपमहानगरपालिकाले कलेज स्थापना गर्ने योजना बनाएको छ ।

 

कलेज सञ्चालनका लागि निर्माण भइरहेको भवनको सम्पूर्ण काम अवको केही महिनाभित्रै सम्पन्न हुने गरी उपमहानगरले तयारी सुरु गरेको छ । कन्या डिग्री कलेज खुल्ने भएपछि स्थानीय छात्रा निक्कै उत्साहित भएका छन् । उत्साहित संगसंगै उनीहरूलाई व्यवस्थापन कस्तो होला भन्ने चिन्ता पनि उत्तिकै छ  पढ्दा पढ्दै विहे गरेर घरव्यवहारले डिग्री पढ्न नपाएका छात्रा अहिले उपमहानगरको योजनाले निकै खुसी देखिन्छन् । तर, कन्या डिग्री कलेज खोलेर मात्र नहुने भएकाले व्यवस्थापन पक्षले कलेजको स्तरोन्नती वृद्धि गर्नेतर्फ पनि जोड दिनुपर्ने देखिन्छ ।

 

कन्या डिग्री कलेज यस नगरको स्वप्न योजना हो । कन्या डिग्री कलेजको भवन र फर्निचरमा मात्रै ४ करोड खर्चेको नगरले १ करोड शिक्षक लगायतका व्यपस्थापकीय पक्षका लागि भनेर छुट्याएको छ । नेपालगञ्जमा रहेका मधेसी र मुस्लिम समुदायका छात्राका लागि लक्षित गरी सञ्चालन गर्न लागिएकोे कलेजले उपमहानगरपालिका लगायत समग्र पश्चिम क्षेत्रका छात्राको शैक्षिक भविश्य उज्जवल बनाउने परिकल्पना गरेको छ ।