close

आगामी साताबाट खुल्दै गोरखाका विद्यालय

आगामी साताबाट खुल्दै गोरखाका विद्यालय

Trulli
ADVERTISEMENT

कास्की–निषेधाज्ञा खुकुलो भएसँगै गोरखाका स्थानीय तह विद्यालय सञ्चालनमा जुटेका छन् । विद्यालय सञ्चालनको अधिकार पालिकालाई नै दिइएपछि गोरखाका स्कुल २८ भदौपछि सञ्चालन गर्ने तयारी थालिएको छ ।


कोभिड संक्रमण तीव्र भएपछि ५ महिनादेखि ठप्प विद्यालय अर्को साता खोल्ने निर्णय भएको गोरखा नगरपालिका प्रमुख राजनराज पन्तले बताए । ‘आउँदो सोमबारदेखि भौतिक उपस्थितिमै विद्यालय खुल्छन् । विद्यार्थीलाई मानसिक तनाव बढ्ने अवस्था आयो’, उनले भने, ‘स्कुल खुलेपछि केही सहज हुन्छ । अब विद्यालय मात्रै बन्द गरेर कोरोना रोक्न सकिँदैन ।’

 

नगरपालिकाले आइतबार सरोकारवालासँग छलफल गरेपछि नगर शिक्षा समितिले स्वास्थ्य मापदण्ड पालना गरेर स्कुल खोल्ने निर्णय गरेको हो । २५० सम्म विद्यार्थी भएका स्कुल स्वास्थ्य मापदण्ड पालना गरेर एकै सिफ्टमा सञ्चालन गर्ने र बढी संख्या भए धेरै सिफ्ट छुट्याउनुपर्ने शिक्षा शाखाका ध्रुवराज अर्यालले जानकारी दिए । त्यसका लागि विद्यालय व्यवस्थापन समितिले कार्यविधि स्वीकृत गराउनुपर्छ । एउटा सिफ्ट कम्तीमा ४ घन्टाको बनाउनुपर्ने व्यवस्था छ ।