close

कोहलपुरले सञ्चालनमा ल्यायो आधारभूत अस्पताल 

कोहलपुरले सञ्चालनमा ल्यायो आधारभूत अस्पताल 

Trulli
ADVERTISEMENT

बाँके– बाँकेको कोहलपुर नगरपालिकाले आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाले वडा नम्बर २ मा उक्त आधारभूत अस्पताल सञ्चालनमा ल्याएको हो । कोहलपुर नगरपालिका मेयर लुटबहादुर रावत, उपमेयर सञ्जुकुमारी थारुले संयुक्त रूपमा अस्पतालको बुधबार उद्घाटन गरे ।


मेयर रावतले अस्पतालले नागरिकलाई आधारभूत उपचार सेवा उपलब्ध गराउने जानकारी दिए । रावतले प्रचार–प्रसारका माध्यमबाट नागरिकलाई आधारभूत अस्पतालका सेवाबारे सबैले जानकारी गराउनुपर्ने धारणा राखे ।

 

कोहलपुरका प्रमुख प्रशासकीय अधिकृत टोपेन्दबहादुर केसीले स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न अस्पतालमा दक्ष जनशक्ति रहेकाले नगरसभाको परिकल्पनाअनुसार छिरूै आधारभूत अस्पताल आफ्नै भवनबाट सञ्चालन गरिने बताए ।  त्यसका लागि चालू आर्थिक वर्षमा काम सम्पन्न गरिने उनको भनाइ छ ।
हालका लागि नगरपालिकाले आधारभूत अस्पताल भाडामा सञ्चालन गर्नेछ ।

 

आधारभूत अस्पतालबाट ७० प्रकारका औषधी उपलब्ध हुने कोहलपुर नगरपालिका नगर स्वास्थ्य प्रमुख अनिलसेन ठकुरीले जानकारी दिए । कोरोना संक्रमणको उच्च जोखिम भएका कारण अस्पताल बृहत् रूपमा सञ्चालन नगरिएको बताइएको छ ।