close

​​​​​​​ अर्जुनधाराको बजेट साढे ७५ करोड बढी

​​​​​​​ अर्जुनधाराको बजेट साढे ७५ करोड बढी

Trulli
ADVERTISEMENT

झापा–झापाको अर्जुनधारा नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि अनुमानित ७५ करोड ५२ लाख ५३ हजार २ सय ३० रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

 

नगरपालिकाद्वारा आयोजित चालू आर्थिक वर्षको स्वीकृत वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिकीकरण कार्यक्रममा उक्त बजेट सार्वजनिक गरिएको हो ।

 

अनुमानित बजेटमध्ये संघबाट ४७ करोड ७१ लाख, प्रदेश सरकारबाट ३ करोड ५७ लाख २५ हजार, राजस्व बाँडफाँटबाट १८ करोड ७४ लाख २८ हजार २ सय ३० र आन्तरिक आयबाट ५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

 

उक्त बजेट नीति तथा कार्यक्रमको प्राथमिकतामा कोभिड–१९ महामारीबाट नगरबासीको जीवन रक्षा गरिने, सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराइने, विकास निर्माणका कार्यलाई तीव्रता दिइने, आर्थिक तथा सामाजिक रूपले पछाडि परेका क्षेत्र, वर्ग, समुदायको उत्थानका निम्ति विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

 

यस्तै, गरिबी न्यूनीकरणका लागि सार्वजनिक निजी सहकारी अवधारणाअनुरूप स्रोत–साधन परिचालन गरिनेलगायत छन् । नगरप्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईं, उपप्रमुख कमला खतिवडा आचार्यलगायत आ–आप्mना भनाइ राखेका थिए ।