close

६ सयले लिए लुम्बिनी प्रादेशिक अस्पतालमा सुरक्षित गर्भपतन सेवा 

६ सयले लिए लुम्बिनी प्रादेशिक अस्पतालमा सुरक्षित गर्भपतन सेवा 

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रादेशिक अस्पतालमा १ वर्षमा ६ सयले सुरक्षित गर्भपतन सेवा लिएका छन् । सातौँ सुरक्षित गर्भपतन दिवस अवसरमा आयोजित कार्यक्रममा सुरक्षित गर्भपतन अधिकार : मौलिक हक सुनिश्चितताको आधार नारासहित आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

 

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका स्त्रीरोग विभाग प्रमुख श्रीधर आर्चायले अहिले अस्पतालमा ६ सय बढीलाई सुरक्षित गर्भपतन सेवा दिइएको बताए ।
अर्का स्त्रीरोग विशेषज्ञ डा. भक्तवत्सल रावलले अस्पतालभित्र आउनेलाई कानुनी आधारमा सेवा दिन कुनै समस्या नभएको जानकारी दिए ।

 

अस्पतालका मेसु डा. राजेन्द्र खनालले लुम्बिनी प्रादेशिक अस्पतालमा दिएको सेवा उत्कृष्ट रहेको दाबी गरे । गत वर्ष अस्पतालबाट सेवा लिने ६ सयमध्ये २४८ जनाले औषधी प्रयोग गरेका थिए भने ३५३ जनाले बाँकीले शल्यचिकित्साबाट गर्भपतन गराएका थिए । गर्भपतनपछि ४३ जनाले लामो समयसम्म परिवार नियोजनका साधन प्रयोग गरेको अस्पतालको तथ्यांक छ । कार्यक्रममा अस्पतालका वार्ड इन्चार्ज, स्त्रीरोग विशेषज्ञ चिकित्सकलगायत सहभागी रहेको नर्सिङ इन्चार्ज ज्योति पौडेलले बताइन् ।