close

प्रदेश २ को प्रदेशसभा बैठक २० असोजमा, मुख्यमन्त्रीले विश्वासको मत लिने 

प्रदेश २ को प्रदेशसभा बैठक २० असोजमा, मुख्यमन्त्रीले विश्वासको मत लिने 

Trulli
ADVERTISEMENT

धनुषा– प्रदेश नं २ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बैठक यही  असोज २० गते आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।  सोही दिन  मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिन प्रदेशसभा समक्ष प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ ।  अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक असोज २० गते आह्वान गर्न सिफारिस गर्ने  निर्णय गरेको जानकारी दिए । 

 

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।