close

तीन अर्थशास्त्रीले पाए यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार 

तीन अर्थशास्त्रीले पाए यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार 

Trulli
ADVERTISEMENT

काठमाडौं– यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरिएको छ । यो वर्ष तीन अर्थशास्त्रीलाई संयुक्त रूपमा अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको हो ।

रोयल एकेडेमी अफ साइन्सले सोमबार क्यानडा, अमेरिका र नेदरल्यान्ड्सका तीन अर्थशास्त्रीलाई नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

 

सोमबार गरिएको घोषणाअनुसार क्यानडाका डेभिड कार्डलाई आधा र अमेरिकाका जोसुआ डी एन्ग्रिस्ट अनि नेदरल्यान्ड्सका गुइडो डब्लु इम्बेन्सलाई आधा गरी अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको हो ।

 

डेभिड कार्डलाई श्रम अर्थतन्त्रबारे गरेको अनुभवजन्य योगदानका लागि आधा र एन्ग्रिस्ट र इम्बेन्सलाई कारक सम्बन्धको विश्लेषणबारे गरेको विधिगत योगदानका लागि आधा नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

 

यससँगै यस वर्षको सबै विधाको नोबेल पुरस्कार घोषणा भएको छ । प्रत्येक वर्ष विभिन्न ६ विधामा नोबेल पुरस्कार घोषणा गरिँदै आएको छ ।