close

सप्तरीमा खेलाइँदै प्रदेशस्तरीय मिथिला क्रिकेट कप

सप्तरीमा खेलाइँदै प्रदेशस्तरीय मिथिला क्रिकेट कप

Trulli
ADVERTISEMENT

सप्तरी– सप्तरीमा प्रदेशस्तरीय मिथिला कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । युवा शक्ति कल्ब विष्णुपुरले महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसस्थित खेल मैदानमा बुधबारबाट तेस्रो संस्करणको खेल आयोजना गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।


नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सप्तरी क्रिकेट संघसँगको समन्वयमा प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष ई.रवीन्द्र यादवले बताए । उनका अनुसार १६ वटा टिमलाई सहभागी गराएर आयोजना हुन लागेको प्रतियोगिता ३ देखि १२ कात्तिकसम्म हुनेछ ।


प्रतियोगितामा बोटसोन क्रिकेट एकेडमी झापा, विराटनगर स्पोर्टिङ क्लब मोरङ, फूलबारी क्रिकेट क्लब सुनसरी, रन्जितपुर राइडर्स टिम सप्तरी, छिन्नमस्ता स्पोर्टस् क्लब सप्तरी, बजाज युथ क्रिकेट एकेडमी सप्तरी, रुपनी राइडर्स सप्तरी, तिलाठी कोइलाडी एलेभेन सप्तरी, लायन्स क्लब सप्तरी सहभागी हुनेछन् ।


यसैगरी जनकपुर क्रिकेट एकेडेमी धनुषा, लहान क्रिकेट क्लब सिरहा, धनुषा रोयल क्रिकेट एकेडेमी धनुषा, नरेशसिंह क्रिकेट एकेडेमी महोत्तरी, रौतहट ११ रौतहट, क्रिकेट बजार ११ बारा र युनाइटेड क्रिकेट क्लब पर्सा सहभागी हुने क्लबका सचिव राजेन्द्रकुमार मुखियाले बताए । सप्तरीबाट ६, धनुषाबाट २, महोत्तरी, रौतहट, बारा, पर्सा, सिरहा, सुनसरी, झापा, मोरङबाट १÷१ वटा टिमको सहभागिता हुनेछ ।


पहिलो दिनको खेलमा लहान क्रिकेट क्लब, सिरहा र फूलबारी क्रिकेट क्लब सुनसरीबीच स्पर्धा हुने प्रतियोगिताको प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद शाहले उद्घाटन गर्ने कार्यक्रम रहेको क्बलका कोषाध्यक्ष नन्दकिशोर गुप्ताले जानकारी दिए । 


करिब १५ लाख रुपैयाँ बराबरको लगानीमा भइरहेको प्रतियोगितामा प्रथम पुरस्कारको रूपमा पहिलो हुनेलाई सिल्डसहित १ लाख नगद, द्वितीय पुस्कार सिल्डसहित ५० हजार रुपैयाँ नगद रहेको पत्रकार सम्मेलनमा बताइयो ।