close

रक्सीको नशामा उन्मत्त वडाध्यक्षले कुटे सर्वसाधारण

रक्सीको नशामा उन्मत्त वडाध्यक्षले कुटे सर्वसाधारण

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष जयन्द्र खड्कालेले १ स्थानीयलाई कुटपिट गरेका छन् । रक्सीको नशामा उन्मत्त उनीसहित ३ जनाले स्थानीय लक्ष्मण खिचाजुलाई कुटपिट गरेका हुन् । खड्काले छालिङका स्थानीयलाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।

 

चाँगुको वडा नम्बर ५ पिखेलमा खड्कासँगै रहेका पूर्वसैनिक विश्व खड्का र प्रकाश लामिछानेले खिचाजुलाई कुटपिट गरेको स्थानीयले बताए । खिचाजुलाई सामान्य विवादमै वडाध्यक्ष र विश्व खड्काले कुटपिट गरेको स्थानीयले जानकारी दिए ।

 

वडाध्यक्ष खड्का र विश्व खड्काले खिचाजुलाई उनैको घर अगाडि पसलमा पार्किङमा राखेको गाडी जबर्जस्ती हटाउन खोजेका थिए । तर, खिचाजुले गाडी नहटाएपछि उनीमाथि कुटपिट गरेको पीडितका दाजु राम खिचाजुले बताए । केही साताअघि पनि वडाध्यक्षले स्थानीयलाई कुटेका थिए । प्रहरीमा मिलापत्र गरेका उनले पुनः स्थानीयलाई कुटेका हुन् ।

 

घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । उनको टाउको, मुखलगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । घाइते हार्डवेयर व्यवसायी हुन् ।