close

सिद्धार्थ राजमार्गमा ३ महिनासम्म टिपर चलाउन रोक

सिद्धार्थ राजमार्गमा ३ महिनासम्म टिपर चलाउन रोक

Trulli
ADVERTISEMENT

रुपन्देही । सिद्धार्थ राजमार्गमा सडक डिभिजन कार्यालय पाल्पाले टिपर चलाउन रोक लगाएको छ ।

डिभिजन कार्यालयले एक सूचना जारी गर्दै भदौ मसान्तसम्म अर्थात‍्  ३ महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो ।

सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख रामेश्वर लम्सालकाअनुसार सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षातको समयमा ठूला मालवाह सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी सञ्चालनमा रोक लगाइएको हो ।