close

अर्काको नाममा ट्रायल दिने युवक पक्राउ

अर्काको नाममा ट्रायल दिने युवक पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ड्राइभिङ लाइसेन्सका लागि अर्काको नाममा ट्रायल दिँदै गरेका सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-१० का २५ वर्षीय सुजित खड्का पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनले आवेदक डोलकुमार थापाको नामबाट परीक्षा दिएका हुन् । उनी थापाको नागरिकतामा आफ्नो फोटो टाँसेर ट्रायल दिन गएका थिए ।

यातायात व्यवस्था कार्यालय चावहिलबाट असार २ गते सञ्चालित सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षाबाट खड्का पक्राउ परेका हुन् । 

उनीमाथि मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार लिखतसम्बन्धी कसुरमा जिल्ला अदातल काठमाडौंबाट ४ दिनको म्याद थपेर प्रहरी वृत्त बौद्धबाट अनुसन्धान भइरहेको छ ।