close

नेपाली युवतीमाथि भारतीय युवकको अत्याचार: सामूहिक बलात्कार, कुटपिट र लुटपाट

नेपाली युवतीमाथि भारतीय युवकको अत्याचार: सामूहिक बलात्कार, कुटपिट र लुटपाट

Trulli
ADVERTISEMENT

दाङ । दाङस्थित नेपाल–भारत सीतावर्ती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

आइतबार बिहान करिब ११ बजे भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

भारतीय युवाको समूहले युवतीलाई रुखमा बाँधेर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मुकुन्द रिजालले पालिकाखबरलाई जानकारी दिए । 

नेपाल-भारत सीमावर्ती क्षेत्रको दशगजाबाट करिब चार किलोमिटर भारततर्फकाे जंगलमा घटना भएकाे हाे ।

हरेक आइतबार भारतको मनिपुरमा हाट बजार लाग्ने गर्छ । आइतबार ६ जना युवती नेपालबाट मनिपुर बजारमा रासन किन्न गएका थिए । त्यसक्रममा नेपाल-भारत सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जंगलमा दुई युवतीलाई रुखमा डोरीले बाँधेर भारतीय युवाहरूको समूहले बलात्कार गरेको हाे । 

उनीहरूसँगै गएका अन्य चार युवतीलाई कन्चटमा पेस्तोल ताकेर 'तिमीहरु बोल्यौ भने मार्दिन्छाैँ' भनेर धम्काउँदै 'भारतीय युवाहरुले कुटपिट समेत गरेको पीडित युवतीले बताएको' डिएसपी मुकुन्द रिजालले जानकारी दिए । 

 प्रहरीका अनुसार भारतीय युवाकाे समूहले युवतीहरूलाई कुटपिट गर्दै कान-नाकमा लगाएका गहना, नगद र माेबाइल समेत लुटेका छन् । कुटपिटबाट महिलाहरूकाे शरीरमा निलडाम छन् । उनीहरूलाई उपचारका लागि भारतीय अस्पताल लगिँदैछ ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।