close

छुट्टाछुट्टै स्थानामा २ युवकको शव भेटियो

छुट्टाछुट्टै स्थानामा २ युवकको शव भेटियो

Trulli
ADVERTISEMENT

काठमाडौं । कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् । आफ्नै घरको आँगनमा दोधारा चाँदनी नगरपालिका–६ मिलन चोक बस्ने २८ वर्षीय यमबहादुर श्रेष्ठ मृत फेला परेका हुन्।

त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ मा एक पुरूषको शव फेला परेको छ।

प्रहरीका अनुसार वडा कार्यालय नजिकै ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा शव फेला परेको हो। करिब ४५ वर्ष उमेरको पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ। उनको पहिचान खुलेको छैन।

दुवै घटनाको विषयमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सुरु गरेका छन् ।