close

जनकपुरधामबाट पेस्तोलसहित युवक पक्राउ

जनकपुरधामबाट पेस्तोलसहित युवक पक्राउ

Trulli
ADVERTISEMENT

जनकपुरधाम । पेस्तोलसहित प्रहरीले जनकपुरधामबाट एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अमेरिकन पेस्तोलसहित अधिकारीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनको घर खानतलासी गर्ने क्रममा भान्सा कोठामा लुकाइ राखेको अवस्थामा एक थान पेस्तोल र एक राउण्ड गोली बरामद भएको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।