close

वीरेन्द्रनगरबाट लागुऔषधिसहित तीन पक्राउ

वीरेन्द्रनगरबाट लागुऔषधिसहित तीन पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले शनिबार वीरेन्द्रनगर नगरपालिका–९ घिमिरेडाँडाबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ का ३१ वर्षीय भीमबहादुर रोकाया, २५ वर्षीय जीवनकली थापा र वीरेन्द्रनगर–९ का १८ वर्षीय मनिषा घिमिरे रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुको साथबाट तीन सय ८० मिलीग्राम अवैध ब्राउनसुगर बरामद गरिएको छ ।  यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।