close

जन्तेढुंगा गाउँपालिकाका पूर्वअध्यक्ष गम्भीर घाइते

जन्तेढुंगा गाउँपालिकाका पूर्वअध्यक्ष गम्भीर घाइते

Trulli
ADVERTISEMENT

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाका पूर्वअध्यक्ष शंखरबहादुर राई सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् ।

राई सवार मोटरसाइकललाई बिहीबार माइक्रो भ्यानले ठक्कर दिएको थियो । उनी मोटरसाइकलको पछाडि बसेका थिए ।

इटहरीबाट बिराटनगर जानेक्रममा हलगडाचोकमा माइक्रोले मोटरसाइकललाई ठक्कर दिएको हो ।

राईको टाउकोको देब्रे भागमा भित्री चोट लागेको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष याम राईले जानकारी दिए ।

उनको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । बिहीबार राति टाउकाको शल्यक्रिया गरेर उनलाई भेन्टिलेटरमा राखिएको छ ।

राई एमाले जिल्ला कमिटि सचिवालय सदस्य समेत हुन् । दुर्घटनामा मोटरसाइकल चालक युवा संघ जन्तेढुंगाका अध्यक्ष चासुम राई पनि घाइते भएका छन् । उनी खतरामुक्त छन् ।