close

मेयर सहविरुद्ध दायर रिटको भयो सुनुवाइ

मेयर सहविरुद्ध दायर रिटको भयो सुनुवाइ

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) सहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दाको सुनुवाइ भएको  छ ।

सोमबार अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारबाही हुनुपर्ने माग राखी निवेदन दिएका थिए ।

उक्त निवेदनमाथि सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको छ ।

असअघि नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतको अन्तरिम आदेशप्रति असन्तुष्टि जनाउँदै बालेनले ‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिएका थिए ।