close

संविधान दिवसको अवसरमा ‘स्टप डेंगु अभियान'

संविधान दिवसको अवसरमा ‘स्टप डेंगु अभियान'

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो समय डेंगु संक्रमण तीव्र रुपमा फैलिएपछि बुढानीलकण्ठ नगरपालिकाले संविधान दिवसको अवसर पारेर ‘स्टप डेंगु' अभियान सञ्चालन गर्ने भएको छ । 

टोल सुधार समिति र महिला समूहको सक्रियतामा ‘स्टप डेंगु'/‘लामखुट्टे भगाऔं, डेंगु हटाऔं' अभियान सञ्चालन गर्न लागेको सूचित गर्दै सबैलाई सहभागिताका लागि नगरपालिकाले अनुरोध गरेको हो । 

नगरपालिकाको सूचना अनुसार यही असोज ३ गते वडा नम्बर १० भित्रका सबै टोलटोलमा पुगेर डेंगुका लार्भा नष्ट गरिनुका साथै लामखुट्टे भगाइने हुँदा इच्छुक सहभागीलाई असोज १ गतेभित्र नाम टिपाउन नगरपालिकाले आग्रह गरेको छ ।