close

राष्ट्रपतिले सर्वसाधारणलाई टिका लगाइदिने

राष्ट्रपतिले सर्वसाधारणलाई टिका लगाइदिने

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज टीका लगाइदिने भएकी छन् । राष्ट्रपति भण्डारीले कार्यलयमै विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका र प्रसाद प्रदान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवम् विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।

टीका ग्रहणका लागि मर्यादित पोशाक लगाएर १ नम्बर प्रवेशद्वारबाट प्रवेश गर्नुपर्नेछ ।