close

दुर्घटना हुँदा एकजनाको मृत्यु भएपछि बसमा आगजनी

दुर्घटना हुँदा एकजनाको मृत्यु भएपछि बसमा आगजनी

Trulli
ADVERTISEMENT

धादिङ । गल्छीमा बुधबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काठमाडौंबाट सिराहाका लागि छुटेको यात्रुबाहक बस पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाँउपालिका-७ स्थित खेस्टेखोला पुलनजिकै दुर्घटना भएको हो ।

बागमती प्रदेश ३ ००१ ख ०७२२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा. ९२ प २३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट २६ वर्षीय सुनिल थापाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गर्दा बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।