close

किशाेरीलाई हिंसाबाट बचाउने मेराे जिम्मेवारी: उपमेयर हरिजन

किशाेरीलाई हिंसाबाट बचाउने मेराे जिम्मेवारी: उपमेयर हरिजन

Trulli
ADVERTISEMENT

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजनले किशोरीको क्षेत्रमा सवै तहको चासो हुनुपर्ने बताइएकी छन । किशोरीहरुको सवाल सम्बोधनका लागी न्यायिक समिति तथा सरोकारवाल ्संगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो बताएकी हुन् ।

उनले महिला तथा किशोरीलाई महिला हिंसाबाट बचाउन आफू्संगै सवै सरोकारवालाको सहयोग आवश्यक रहेको बताइन् ।  पछिल्लो समय नाबालिका देखि किशोरी योन शोषणमा परेको दुखेसो पोख्दै यस प्रकृतिका जघन्य घटनालाई राज्यले संवेदशिलताका साथ लिनुपर्नेमा जोड दिईन् । महिलालाई सक्षम र सचेत बनाउनका लागि पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनको दावी छ । 

कार्यक्रममा इलाका प्रहरी कार्यालय लुम्बिनी प्रहरी निरिक्षक गजेन्द्र रावलले महिला तथा बालबालिको क्षेत्रमा प्रहरीले निर्णायक काम गर्दै आएको बताएका छन् । हिंसा सम्बन्धी आएका मुद्धाहरुलाई प्रहरीले गम्भीरताका साथ हेर्ने बताउदै विभिन्न प्रलोभनमा नपर्न आग्रह गरेका छन् ।

कार्यक्रममा लेखा अधिकृत रामचन्द्र अर्याल,न्यायिक समिति शाखा प्रमुख,जनप्रतिनिधी, ५२ जना किशोरी लगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।किशोरी अधिकार मञ्च रुपन्देही र ओरेक नेपालको संयुक्त आयोजनामा सो कार्यक्रम भएको थियो भने कार्यक्रमको संञ्चालन रंञ्जना चौधरीको रहेको थियो ।