close

मालिकामा पुरुष भन्दा महिलाको जनसंख्या ७.४ प्रतिशतले बढी

मालिकामा पुरुष भन्दा महिलाको जनसंख्या ७.४ प्रतिशतले बढी

Trulli
ADVERTISEMENT

गुल्मी। मालिका गाउँपालिकामा लैङ्गिक अनुपात ८४.३९ पुरुष प्रति १०० महिला रहेको छ। राष्ट्रिय जनगणना २०७८ काे तथ्याकंअनुसार मलिकामा महिला र पुरुषको जनसंख्यामा ठूलो अन्तर देखाएको हो ।

जनगणनाको नतिजाअनुसार मालिकामा कुल २० हजार ७५ जनसंख्या छ। जसमध्य महिला ५४.२ र पुरुष ४६.८ प्रतिशत छन्। यस्तै मालिकामा पाँच हजार २४१ परिवार बसोबास गर्ने तथ्याकंले देखाएको छ। यस्तै जनघनत्व २१७ प्रति वर्ग किमि छ। 

मालिकामा ७७.९ प्रतिशत साक्षर छन् । ८६.२ प्रतिशत पुरुष र ७०.२ प्रतिशत साक्षर रहेका छन्।