close

जंगली चितुवादेखि सर्तक हुन वडा सरकारको अनुरोध

जंगली चितुवादेखि सर्तक हुन वडा सरकारको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं। जंगली चितुवादेखि सर्तक हुन गोदावरी नगरपालिकाले अनुरोध गरेको छ। नगरपालिकाको वडा नं १४ ले केहिदिनदेखि ठैव/ बाडेगाउँको विभिन्न स्थानमा जङगली चितुवाहरु बस्ती भित्र नै छरिएको हुनाले सर्तक हुन स्थानीयलाई अनुरोध गरेको हो। 

वडाले अध्यारोँ समयमा एक्लै नहिँड्न, घरबाहिरको चोक, गल्लि सडकमा कत्ति बालेर उज्यालो बनाइदिन अनुरोध गरेको छ । घरपालुवा कुकुरलाई रातको समयमा घरमै सुरक्षित राख्न स्थानीयलाई वडा नं १४ ले अनुरोध गरेको छ। साथै जंगली चितुवा वा जनावर देखिएमा वन कार्यालय, प्रहरि प्रभाग तथा वडा कार्यालयका पदाधिकारीहरुलाई जानकारी गराउन वडा कार्यालयले शुक्रबार एक सुचना जारी गर्दै अनुरोध गरेको छ।