close

बाल हिंसा रोक्न सुर्नयामा ८ लाख बजेट

बाल हिंसा रोक्न सुर्नयामा ८ लाख बजेट

Trulli
ADVERTISEMENT

बैतडी– सुर्नया गाउँपालिकाले बालबालिका लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले बालबालिका माथि हुने हिंसा अन्त्य तथा क्षमता अभिवृद्धिको लागि कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

पालिकाले बालबालिकाहरुको क्षमता अभिवृद्धि गर्न बालक्लब गठन, बालबालिकाको मागअनुसार कार्यक्रम ल्याइएको महिला बालबालिका तथा सामाजिक कल्याणकी सामाजिक परिचालक निर्मला देवी चन्दले पालिकाखबरलाई जानकारी दिइन् । अभिभावक विहीन बालबालिकाहरुका लागि निःशुल्क पोशाक वितरण, आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई छात्रवृत्तिको व्यवस्था गरेको उनले जानकारी दिइन् ।

बालबालिकाको लागि गाउँपालिकाले चालू आर्थिक वर्ष २०८० र ०८१ मा ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले सुनाइन् ।  बालबालिकाले क्षमता अभिवृद्धि गर्न, बालबालिकाको माग अनुसारको वडास्तरीय कार्यक्रम सञ्चालन  गरिने उनले बताइन् ।