close

जथाभाबी फोहोर फाल्नेलाई १० हजार जरिवाना

जथाभाबी फोहोर फाल्नेलाई १० हजार जरिवाना

Trulli
ADVERTISEMENT

बाँके- नेपालगन्ज उपमहानगरपालिकाले जथाभाबी फोहोर फालेको आरोपमा नन्दादेवी कन्सर्नलाई सडकमा १० हजार रुपैयाँ जरिवाना तिराएको छ । 

संयुक्त बजार अनुगमनका क्रममा सडकमा जथाभाबी म्याद नाघेका औषधि फालेको भेटिएपछि नगरपालिकाले आज नन्दादेवीलाई १० हजार रुपैयाँ जरिवाना गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जानकारी दिए । 

नेपालगन्जलाई सफा, स्वच्छ र सुन्दर सहर बनाउन 'सचेतना प्रवर्द्धन र जरिवाना अभियान' थालेको उपमहानगरपालिकाले सडकमा जथाभाबी फोहोर फाले ५ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने जनाएको छ ।