close

अर्धवार्षिक प्रगति समीक्षा सम्पन्न

अर्धवार्षिक प्रगति समीक्षा सम्पन्न

Trulli
ADVERTISEMENT

ललितपुर- गोदावरी नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गरेको छ ।  त्यसअघि नगरपालिकाको प्रशासकीय भवन बज्रबाराहीमा नगरप्रमुख गजेन्द्र महर्जनले आज नगरसभाको उद्घाटन गरेका हुन् । 

नगरसभामा चालु आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रमको अर्धवार्षिक प्रगति समीक्षा प्रस्तुत गरिएको थियो । प्रगति समीक्षा प्रतिवेदन नगर प्रवक्ता मिलन सिलवालले प्रस्तुत गरेका थिए । नगरसभामा नगरका सबै वडाध्यक्षको उपस्थिति थियो । 

नगरप्रमुख महर्जनद्वारा प्रस्तुत विषय र कार्यसूची नगरसभाले पारित गरेको  छ । सभामा नगरप्रमुख  महर्जनले नगरपालिकाको चालु आव २०८०/८१ को हालसम्मको नीति, योजना तथा बजेटको प्रगति, बजेट तथा कार्यक्रम संशोधन, नगरपालिकाको शिक्षा ऐन, २०७९ पहिलो संशोधन, निर्माण कार्य/वस्तुको प्रयोगशाला परीक्षण दररेट स्वीकृतिसम्बन्धी, नगरपालिकाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणलगायतसम्बन्धी कार्यसूची प्रस्तुत गरेका थिए ।