close

लालझाडी गाउँपालिकाको १५औँ गाउँ सभा सम्पन्न

लालझाडी गाउँपालिकाको १५औँ गाउँ सभा सम्पन्न

Trulli
ADVERTISEMENT

कञ्चनपुर- लालझाडी गाउँपालिकाको १५औँ गाउँसभा सम्पन्न भएको छ ।

लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको सभापतित्वमा बुधबारबाट सुरु गरिएको अधिवेशनमा गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले प्रस्तुत गरेकी चालु आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक प्रगति प्रतिवेदन र न्यायिक समितिको प्रतिवेदनमाथि छलफल गरी सभाबाट पारित गरिएको छ ।

गाउँपालिकाका विविध क्षेत्रमा भए गरेका विकास निर्माण तथा समसामयिक विषयहरूमाथि छलफल र समीक्षा गर्दै आगामी दिनका कार्ययोजना अनुरुप अगाडि बढ्ने लगायतका विषयमा निर्णय गरिएको लालझाडी गाउँपालिकाका प्रवक्ता आशाराम रानाले जानकारी दिए । 

अधिवेशनको दोस्रो बैठकका लागि अर्को दिन सूचना गरिने गाउँपालिकाले जनाएको छ ।