close

कोन्ज्योसोमको गाउँसभा सम्पन्न

कोन्ज्योसोमको गाउँसभा सम्पन्न

Trulli
ADVERTISEMENT

ललितपुर- कोन्ज्योसोम गाउँपालिकाको गाउँसभा तथा १३औं गाउँसभा सम्पन्न भएको छ ।

उक्त गाउँसभाले आर्थिक ऐन २०८० संशोधन विधयेक र विनियोजन ऐन २०८० संशोधन विधयेक पारित गरेको गाउँपालिकाले जनाएको छ । उक्त गाउँ सभाले विभिन्न विषयगत समितिले प्रस्तुत गरेका प्रतिवेदन पारित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिए । 

गाउँसभामा विद्यालयका शिक्षक विद्यार्थी र स्वयम्सेविकालाई सम्मान गरिएको थियो । कार्यक्रममा स्थानीय विभिन्न राजनीतिक दलका प्रतिनिधि, गाउँपालिकाका पूर्वअध्यक्ष गोपीलाल स्याङतान, जनप्रतिनिधिहरू र सबै शाखा तथा वडाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।