close

यौन विकृति बढेको भन्दै स्थानीयले आवदेन दिएपछि नगरपालिका एक्सनमा

यौन विकृति बढेको भन्दै स्थानीयले आवदेन दिएपछि नगरपालिका एक्सनमा

Trulli
ADVERTISEMENT

धनुषा- मिथिला नगरपालिकाले होटल तथा गेष्ट हाउसको आडमा हुने गरेको यौन विकृति रोक्नका लागि कडा कदम चाल्ने भएको छ । होटलमा महिला कामदार राख्ने तथा गेष्ट हाउसमा कोठा उपलब्ध गराएर यौन व्यवसाय सञ्चालन हुने गरेको जनगुनासो बढेपछि नगरपालिकाले त्यसलाई नियन्त्रण गर्न कडा कदम चाल्न लागेको हो ।

नगरस्तरीय सुरक्षा संयन्त्रको बसेको बैठकले होटल, गेष्टहाउस र डान्सबारको आडमा अवैध यौनजन्य गतिविधिलाई नियन्त्रण गर्ने निर्णय भएको मिथिला नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार होटल सञ्चालकसँगै त्यस्तो होटल सञ्चालन गर्नका लागि भाडामा दिने घरधनीलाई समेत कारबाही गरिने छ । 

नगरपालिकाले अनुगमन तीव्र बनाई विकृतिजन्य क्रियाकलाप सञ्चालनमा सक्रिय रहेको पाइएमा त्यस्ता होटल तथा गेष्ट हाउसलाई कानुनअनुसारको कारबाही गरिने छ । नगर क्षेत्रमा यौन विकृति बढेको भन्दै स्थानीयले बुधबार नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए ।