close

डस्टबिन तोडफोड गर्नेलाई १० हजार जरिवाना

डस्टबिन तोडफोड गर्नेलाई १० हजार जरिवाना

Trulli
ADVERTISEMENT

कैलाली- धनगढी उपमहानगरपालिकाले डस्टबिन तोडफोड गर्ने पिकअप चालकलाई जरिवाना तिराएको छ । 

धनगढी उपमहानगरपालिका स्थित ६ लेन सडक खण्डको माया मेट्रो अस्पताल नजिक राखिएका दुईवटा फोहर राख्ने डस्टबिन तोडफोड गर्ने सवारी चालकलाई जरिवाना गरिएको हो ।

डस्टबिन तोडफोड गरेर भागेका गाडीलाई नगर प्रहरीले नियन्त्रणमा लिएर दुई डस्टबिन बराबरको १० हजार १७० रुपैयाँ जरिवाना तिराइएको उपमहानरपालिकाका प्रहरी प्रमुख भुपेन्द्र खड्काले पालिकाखबरलाई जानकारी दिए । 

उपमहानगरपालिकाको रसिदमा जरिवाना लेखिए पनि नगरप्रहरीले सार्वजनिक सम्पत्तिको जिम्मेवारीबोधमात्र गराइएको नगरप्रहरीको दाबी छ । नगरप्रहरी प्रमुख खड्काका अनुसार २ वटा डस्टविनको मूल्यमात्र अशुलउपर गरिएको हो । 

त्यस्तै उपमहानगरपालिकाले एउटा स्कारपियोको खोजी गरिरहेको छ । नगरप्रहरी प्रमुख खड्काका अनुसार दशैंताका धनगडीको नेत्रालय नजिकै २ वटा डस्टबिनमा क्षति पर्‍याएर भागेको उक्त स्कारपियोको खोजी गरिरहेको हो ।