close

अभिभावकविहीन स्थानीय बालबालिका खोज्दै महाङ्काल

अभिभावकविहीन स्थानीय बालबालिका खोज्दै महाङ्काल

Trulli
ADVERTISEMENT

ललितपुर- महाङ्काल गाउँपालिकाले अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिने भएको छ । स्थानीय आमाबुबा भए पनि दुवैको संरक्षण नपाएको प्रमाणित कागजात हुनुपर्ने सर्तसहित आज सूचना जारी गरेको हो । 

आमा र बुबा दुवै मृत्यु भएको, बेपत्ता भएको वा रेकदेखबाट बञ्चित भएकालाई वडा कार्यालयको सिफारिसमा सहयोग गरिने प्रमुख प्रशासकीय अधिकए अशोक बिष्टले पालिकाखबरलाई बताए । 

आमा र बुबा नभए पनि कसैको संरक्षणमा ती बालबालिका रहनसक्ने भएकाले संरक्षकले आवेदन दिनुपर्नेछ । संघीय सशर्त कार्यक्रमअनुसार गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्रका अनाथ बालबाललिकाको संरक्षण तथा अध्ययनमा सहयोगका लागि आज सूचना जारी गरेको हो । 

१८ वर्ष पूरा नभएका र आपराधिका कार्यमा संलग्न नभएका बालबालिकाका संरक्षकले दिएको आवेदनमात्र स्वीकृत हुने सूचनामा उल्लेख छ । साथै ५ वर्ष पुगेका अनाथ बालबालिकाले यो सुविधा पाउन विद्यालय गइरहेको कागजातसमेत संलग्न गर्नुपर्नेछ ।

ती सबै कागजात र वडाको सिफारिसमा पालिकामा प्राप्त आवेदनको आधारमा छनौटमा परेका बालबालिकालाई दामासायी तरिकाले सहायता वितरण गरिने गाउँपालिकाले जनाएको छ । आवेदन दिने म्याद यही माघ २९ गतेसम्म् रहेको सूचनामा उल्लेख छ ।