close

‘सासु बुहारी संवाद कार्यक्रम’ सञ्चालन गर्ने योजनामा के.आई.सिंह

‘सासु बुहारी संवाद कार्यक्रम’ सञ्चालन गर्ने योजनामा के.आई.सिंह

Trulli
ADVERTISEMENT

डोटी– केआईसिंह गाउँपालिकाले ‘सासु बुहारी संवाद कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा सो संवाद कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

सासु बुहारी संवाद कार्यक्रमबाट सासु भनेको आमा र बुहारीलाई छोरीको व्यवहार गरुन भनेर कार्यक्रम सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए । सासु बुहारी बिचको प्रेम, सद्भावले घरपरिवार बिचको सम्बन्ध राम्रो हुन्छ भनेर जनप्रतिधि नै गएर कार्यक्रम सञ्चालन गरिने अध्यक्ष शाहीले पालिकाखबरलाई जानकारी दिए ।

कहिलेकाही सासु बुहारी बिच झै झगडा, मनमुटाब हुने, अलग भएर बस्ने जस्ता समस्या हुन्छन् । त्यसकारण गाउँपालिकाअन्तर्गतका झै झगडा भएका सासु बुहारीहरुलाई कार्यक्रम मार्फत् सम्झाई बुझाई गरी मेलमेलाप गर्न सजिलो हुने भएकोले ‘सासु बुहारी संवाद कार्यक्रम’ सञ्चालन गर्ने योजना रहेको अध्यक्षले बताए ।

‘सबै समुदायका सासु बुहारीबीच झै झगडाको समस्या हुँदैन कुनै/कुनै समुदायमा हुने गर्छन् । उनीहरु बीच दूरी नबढोस् भन्ने हो,’ उनले भने ।  कार्यक्रमको शुरुवाती चरण भएकोले प्रभाकारी हुन सक्ने उनको अनुमान छ ।