close

नौगाडमा ६ वटा सुधारिएको घट्ट निर्माण

नौगाडमा ६ वटा सुधारिएको घट्ट निर्माण

Trulli
ADVERTISEMENT

दार्चुला– नौगाड गाउँपालिकाले परम्परागत पानी घट्टबाट सुधारिएको घट्ट निर्माण गरेको छ । गाउँपालिकामा ६ वटा सुधारिएको घट्ट निर्माण गरिएको हो ।

प्रविधिको विकाससंगै गाउँपालिकामा पनि सुधारिएको पानी घट्ट निर्माण गरिएको उपाध्यक्ष जगत सिंह ठगुन्नाले जानकारी दिए । ‘गाउँपालिकामा परम्परागत घट्टबाट गहुँ, मकै, कोदो पिसानी गरिन्थ्यो । गत वर्षदेखि सुधारिएको ६ वटा पानी घट्ट निर्माण गरेपछि यहीबाट गहुँ, मकै, कोदो पिसाउने गरेको  छ,' उपाध्यक्ष ठगुन्नाले पालिकाखबरसँग भने।

गाउँपालिकाको हाेपरीमा पाइपको सहायताले कम पानीमा पनि घट्ट चल्ने भएपछि परम्परागत घट्ट विस्तापित भएको उनले सुनाए । साथै, परम्परागत घट्ट निर्माण गर्न धेरै झन्झट हुने, समय बढी लाग्ने भएकोले सुधारिएको घट्ट निर्माण गरेको उपाध्यक्षको भनाइ छ ।

स्थानीयलाई पिसानी गर्नमा सहजता होस् भनेर सुधारिएको घट्ट निमार्ण गरेको बताए । 'गत वर्षदेखि सुधारिएको घट्टमा गहुँ मकै, कोदोलगायतका अन्नबाट पिठो पिसाउने गर्छन्,' उनले भने ।

स्थानीयको मागअनुसार सुधारिएको पानी घट्ट फेरी पनि निर्माण गरिने उनको भनाइ छ । पछिल्लो समय सुधारिएको घट्टबाट मकै, गहुँ, कोदो पिसाउन पाउँदा स्थानीय खुसी भएको उनले बताए । गाउँपालिकाले सुधारिएको घट्ट निर्माणका लागि एक लाख बजेट विनियोजन गरेको छ ।