close

मिक्लाजुङमा विदेशी नागरिकलाई अन्तरक्रिया

मिक्लाजुङमा विदेशी नागरिकलाई अन्तरक्रिया

Trulli
ADVERTISEMENT

मोरङ- मिक्लाजुङ गाउँपालिकाले अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रमसम्बन्धी अन्तरक्रिया गरेको छ । गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी विदेशी नागरिकहरुलाई सो विषयमा अन्तरक्रिया गरेको हो । 

गाउँपालिकाको अपाङ्गता रोकथाम तथा पुनर्स्थापना तथा स्वास्थ्य शाखाका प्रमुख नारायण श्रेष्ठका अनुसार पालिकाले कंगो, बंगलादेश, श्रीलंका र नेदल्यान्डका नागरिकसँग अन्तरक्रिया गरेको हो ।  करुणा फाउण्डेसनले स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गरी विगत चार वर्षदेखि अपांगता रोकथाम तथा पुनस्थापनाका लागि काम गर्दै आएको उनले पालिकाखबरलाई सुनाए । 

सोही कार्यक्रमबारे अवलोकन गर्न आएका व्यक्तिलाई अन्तरक्रिया दिएको उनले सुनाए । गाउँपालिकाले सोबारे गर्दै आएको कार्यक्रमबारे विदेशी टोलीलाई स्थलगत अनुगमन गराएको उनले बताए । 

गाउँपालिकाले अपांगता हुन नदिनको लागि नवजात शिशुहरुको स्वास्थ्य परिक्षण गर्दै आएको उनले सुनाए । नवजात शिशुमा अपाङ्गता नहोस् भन्नको लागि नवविवाहित जोडीलाई औषधी सेवन गर्न दिने, जन्मेका शिशुहरुको जन्मदोष परिक्षण र प्रतिवेदन तयार गर्ने गरेको उनले बताए । यदी नवजात शिशुमा सो समस्या देखा परेमा आवश्यक औषधी प्रयोग गर्न दिने उनले सुनाए । 

गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिको सहयोग तथा रोकथामको लागि वडागत रुपमा मिलीजुली समूह गठन गरी मासिक रुपमा बचत तथा बैठक गर्दै आएको उनले सुनाए । 

गाउँपालिकाको सो कार्यक्रम प्रभावकारी भएकाले कंगो, बंगलादेश, श्रीलंका र नेदल्याण्डमा पनि लागू गर्न लागेको उनले बताए । केही देशमा कार्यान्वयनमा आइसकेको उनको भनाइ छ ।