close

राप्ती नगरपालिकाले थाल्यो १० सहकारी खारेजीको प्रकृया

राप्ती नगरपालिकाले थाल्यो १० सहकारी खारेजीको प्रकृया

Trulli
ADVERTISEMENT

चितवन- राप्ती नगरपालिकाले १० वटा सहकारी संस्थाको दर्ता खारेजी प्रकृया थालेको छ । सहकारी संस्थाहरूले नगरपालिकामा पेश गर्नुपर्ने वार्षिक साधारण सभा, अधिवेशन तथा वार्षिक, चौमासिक, मासिक लगायत अन्य प्रगति प्रतिवेदनहरु पेश नगरेको भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेले दर्ता खारेजको सूचना प्रकाशित गरेका हुन् । 

नगरपालिकाको सूचनाअनुसार कुनै खारेज नहुनुपर्ने कारण भएमा सहकारी ऐन २०७४ को दफा ८८ (४) तथा राप्ती नगरपालिकाको स्थानीय सहकारी ऐन २०७४ को दफा ६६ (४) बमोजिम कारणसहित २० दिनभित्र लिखित आवेदन दिनुपर्नेछ । नगरपालिकाले दिएको समय सीमाभित्र कारण खुलेको कागजातसहितको आवेदन नपरेमा ती सहकारी संस्थाको दर्ता खारेज हुने सूचनामा उल्लेख छ । 

लामो समयदेखि साधारणसभा नगर्ने तथा प्रतिवेद पेश नगरी खारेजीको लिस्टमा भवानीपुर बचत तथा ऋण, सप्तगण्डकी कृषि, आँपपानी कृषि, हर्दि कृषि, दिदीभाइ कृषि, कान्द्राङ कृषि, नविन कृषि, कुशल कृषि, नवज्योति कृषि र कर्पाकेली बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।