close

मुस्लिम दलित महिलाहरुलाई नि:शुल्क सिलाई कटाई तालिम

मुस्लिम दलित महिलाहरुलाई नि:शुल्क सिलाई कटाई तालिम

Trulli
ADVERTISEMENT

बाँके– जानकी गाउँपालिकाले मुस्लिम दलित महिलाहरुलाई निः शुल्क ४५ दिने सिलाई कटाई तालिम उपलब्ध गराइरहेकाे छ । गाउँपालिकाको वडा नंम्बर ५ का २५ जना दलित महिलालाई आयआर्जनमूलक तालिम उपलब्ध गराएको हो ।

'सीप सिकौँ, स्वरोजगार बनौँ' भन्ने मूल नाराका साथ गाउँपालिकाले वडा नंम्बर ५ का स्थानीय दलित महिलाहरुलाई तालिम उपलब्ध गराएको लघु उद्यम शाखाकी सहजकर्ता अमृताकुमारी परियारले जानकारी दिइन् । 

गाउँपालिकाले फागुन ३ गतेदेखि वडा नम्बर ५ का २५ जना मुस्लिम दलित महिलाहरुलाई ४५ दिनको तालिमपछि फेरि एडभान्स कोर्स उपलब्ध गराउने परियारको भनाइ छ । गाउँपालिकाको सहयोग तथा गाउँपालिका लघु उद्यमको आयोजनामा निःशुल्क तालिम सञ्चालन गरिएको उनले पालिकाखबरलाई बताइन् ।