close

पर्यटन विकासको लागि पदयात्रा

पर्यटन विकासको लागि पदयात्रा

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाले आन्तरिक र बाह्य पर्यटकहरूको प्रवद्र्धनको लागि पदयात्राको आयोजना गर्न लागेको छ । नगरपालिकाले यही साउन २० गते पदयात्रा गर्न लागेको हो । 

नगरपालिकाले पालिकाभित्रको पर्यटन क्षेत्रको पर्वद्धन गर्नको लागि सो कार्यक्रम गर्न लागेको जनाएको छ । सो विषयमा नगरपालिकाले  छलफल गर्दै आएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए । 
 
उनले भक्तपुरका सबै नागरिकलाई निरन्तर सकृय बनाउन विभिन्न गतिविधि सञ्चालन गरिरहेको बताए । उनले भने, सकृय मानिसको आयु लामो हुन्छ । नगरपालिकाले शिक्षा, संस्कृति, खेलकुदलगायतका गतिविधिहरू सञ्चालन गरी नागरिकहरूलाई सकृय सहभागी गराउँदै आएको छ । 

जनप्रतिनिधिहरूलाई सधैँ यहाँका जनताले साथ दिइरहेकोमा प्रशंसा गर्दै उनले जनप्रतिनिधि र स्थानीय जनताको एकाकार शक्तिले नै भक्तपुरका जनतामा शीघ्र परिवर्तन सम्भव भएको बताए ।