close

पर्यटकको सुरक्षाको लागि साइन बोर्ड

परम्परागत तथा धार्मिक सम्पदाको संरक्षण

पर्यटकको सुरक्षाको लागि साइन बोर्ड

परम्परागत तथा धार्मिक सम्पदाको संरक्षण

Trulli
ADVERTISEMENT

मुस्ताङ - लो-घेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत तथा धार्मिक सम्पदाको संरक्षण गर्ने भएको छ । गाउँपालिकाले पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि पालिकाभित्र रहेको सम्पदाहरुको संरक्षण गर्न लागेको हो । 

गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल बिष्टका अनुसार चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । उनले पालिकाभित्र पैदल तथा सवारी साधनको प्रयोग गरी पर्यटन आउने जानकारी दिए । 

पैदलयात्रीको लागि ट्रयाक र सवारी साधनको लागि सडक मर्मत तथा निर्माण गर्ने उनले पालिकाखबरलाई जानकारी दिए । पर्यटकको सुरक्षित यात्राका लागि ठाउँ ठाउँमा स्थानबारे साइनबोर्डको राखिने उनले सुनाए । 

उनका अनुसार गाउँपालिकाले होटेल व्यवसायी तथा कुक म्यानको लागि विभिन्न तालिम सञ्चालन गर्ने योजना लिएको छ । पर्यटकको स्वागतको लागि पनि तालिम सञ्चालन गर्ने उनले जानकारी दिए ।