close

काठमाडौँमा हरेक दिन चिसो बढ्दै

काठमाडौँमा हरेक दिन चिसो बढ्दै

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेपालभरी हरेक दिन चिसो बढ्ने तथा तापक्रम घट्ने क्रम जारी रहेको छ। यसको असर काठमाडौँ उपत्यकामा पनि देखिएको छ। शनिबार बिहान काठमाडौँको न्यूनतम तापक्रम १० डिग्रीभन्दा तल झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शनिबार बिहानको मापनमा काठमाडौँ उपत्यकाको तापक्रम ९.७ डिग्री थियो। हिजो शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम १०.६ डिग्री थियो। केही दिनयता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हरेक दिन लगभग १ डिग्रीका दरले कम भइरहेको छ।

अस्ति बिहीबार उपत्यकाको न्यूनतम तापक्रम ११.४ डिग्री थियो भने चार दिनअघि १२.५ डिग्री सेल्सियस थियो। तर महाशाखाका अनुसार तापक्रम घटी बढी हुँदै गरेपनि घट्दो क्रममै छ।