close

किसानले पाउने भए ७५ प्रतिशत अनुदानमा आलुको बिउ

किसानले पाउने भए ७५ प्रतिशत अनुदानमा आलुको बिउ

Trulli
ADVERTISEMENT

डडेल्धुरा - डडेल्धुराको अमरगढी नगरपालिका– ८ मा किसानलाई ७५ प्रतिशत अनुदानमा आलुको बिउ दिइएको छ । हिउँदमा आलु बाली लगाउने किसानको मागअनुसार आलुको बिउ खरिद गरी वडाले ७५ प्रतिशतमा स्थानीयलाई बाँडेको हो । 

 

वडा अध्यक्ष नरबहादुर साँकीका अनुसार अन्य स्थानमा ५० प्रतिशत अनुदानमा स्थानीय सरकारले आलुको बिउ किसानलाई बाँडेका बेला अमरगढी ८ नम्बर वडाले भने ७५ प्रतिशत अनुदानमा बाँडेको हो ।

 

बजारमा अहिले आलुको बिउ प्रतिकिलो ७३ देखि ८० रुपैयाँसम्म छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदानमा आलुको बिउ उपलब्ध गराउने भएपछि वडाले २५ प्रतिशत रकम व्यहोरेको थियो ।

 

५० कुन्टल आलुको बिउ बाँडी सकेको उनले बताए । पाँच कुन्टल जती थप माग आएकाले यो सिजनमा ५५ कुन्टल आलुको बिउ बाँड्ने उनले बताए ।

 

किसान लाई निःशुल्क रुपमा पनि बिउ वितरण गर्न सकिन्थ्यो । उनले भने, निःशुल्क भने भछी लापर्वाही हुने भएकाले २५ प्रतिशत किसान बाट रकम लिईएको हो । ७५ प्रतिशत अनुदानले व्यवसायिक रुपमा आलुखेती गर्ने किसान लाई फाईदा भएको उनले बताए ।